Connect with us
Kapilvast Forest

एक्सट्रिम इनर्जी ड्रिंक्स एनपिएलका ६ वटा टोलीको टाइटल स्पोन्सर

२०८३, २३ असार मंगलवारमा प्रकाशित

काठमाडौं । इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणका लागि आठ फ्रेन्चाइज टोली मध्य छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरसिप सम्झौता गरेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा औपचारिक सम्झौता सम्पन्न गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीको प्रमुख प्रायोजकका रूपमा तिन वर्ष सम्म रहनेछ  भने टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।

सहकार्यले नेपाली क्रिकेटको सबैभन्दा ठुलो फ्रेन्चाइज प्रतियोगिता एनपिएलमार्फत ब्रान्डलाई अझ सशक्त रूपमा दर्शकमाझ स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले एक्सट्रिम इनर्जी ड्रिंक र एनपिएल फ्रेन्चाइजहरूबीचको सहकार्य नेपाली क्रिकेटको दिगो विकास, खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन तथा समग्र क्रिकेट संरचनालाई सुदृढ बनाउन महत्वपूर्ण कदम भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गदै एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स मेनेजर कृष्ण दहालले नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगितामा ६ वटा टोलीसँग टाईटल स्पोन्सरको रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि गर्वको कुरा भएकोे र यो साझेदारी केवल ब्रान्ड प्रचारका लागि मात्र नभएर नेपाली क्रिकेटको दीर्घकालीन विकासका लागि रहेको बताए ।

दसैंपछि आयोजना हुन लागेको एनपिएलको तेस्रो संस्करण अगाडि भएको यो ठुलो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको आकर्षण र विश्वास निकै बढेको देखाउँछ । आगामी दिनमा पनि नेपाली खेलकुदको विकास, खेलाडीहरूको क्षमता वृद्धि र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu