Connect with us
Kapilvast Forest

सामसङको ग्यालेक्सी A27 5G सार्वजनिक

२०८३, ३० असार मंगलवारमा प्रकाशित

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी A सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी A27 5G नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यो फोनलाई प्रिमियम एआई सुविधा, शक्तिशाली कार्यसम्पादन, सुरक्षा र दीर्घकालीन सफ्टवेयर सपोर्ट चाहने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याएको जनाएको छ।

सामसङ नेपालका एमएक्स बिजनेस सिनियर डाइरेक्टर प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी ए सिरिजमार्फत एआई प्रविधिलाई धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउने कम्पनीको लक्ष्य रहेको बताए।

उनका अनुसार ग्यालेक्सी A27 5G मा सामसङको ‘असम इन्टेलिजेन्स’ प्रविधिसहित दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न एआई सुविधा समावेश गरिएको छ। कम्पनीले फोन खरिदलाई सहज बनाउन २४ महिनासम्मको ईएमआई सुविधा पनि उपलब्ध गराएको जनाएको छ।

ग्यालेक्सी A27 5G मा ६.७ इन्चको एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले रहेको छ। यसमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ। ७.८ एमएम स्लिम डिजाइनमा आएको यो फोन लाइट ग्रिन, लाइट पिंक र ब्ल्याक गरी तीन रङमा उपलब्ध छ। फोनमा इन्फिनिटी–ओ पन्च होल डिजाइन प्रयोग गरिएको छ।

स्न्यापड्रागन प्रोसेसर र एआई सुविधा

फोनमा ४ एनएम प्रविधिमा आधारित स्न्यापड्रागन ६ जेन ३ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एप स्विचिङ, भिडियो स्ट्रिमिङ तथा एआई एप्लिकेसन सञ्चालनमा सहज अनुभव प्रदान गर्नेछ।

फोनमा भ्वाइस ट्रान्सक्रिप्सन सुविधा उपलब्ध छ। यो विद्यार्थी, व्यवसायी तथा बैठक, कक्षा वा कुराकानीको नोट तयार गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

त्यस्तै, ग्यालेक्सी A27 5G ले गुगल जेमिनी र पर्प्लेक्सिटीजस्ता एआई असिस्टेन्टलाई समेत सपोर्ट गर्नेछ।

५० मेगापिक्सेल क्यामेरा र ५ हजार एमएएच ब्याट्री

फोनमा ५० मेगापिक्सेलको ओआईएस वाइड क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा–वाइड तथा २ मेगापिक्सेल म्याक्रो क्यामेरा रहेको छ। सेल्फीका लागि १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छ।

यसमा ५ हजार एमएएच क्षमताको ब्याट्री र २५ वाट फास्ट चार्जिङ सुविधा रहेको छ। सुरक्षाका लागि सामसङ नक्स भल्ट तथा पानी र धुलो प्रतिरोधका लागि आईपी६४ रेटिङ दिइएको छ।

फोनमा एन्ड्रोइड १६ मा आधारित वन यूआई ८.५ सञ्चालन प्रणाली रहेको छ।

दुई भेरियन्टमा उपलब्ध

सामसङ ग्यालेक्सी A27 5G दुई भेरियन्टमा उपलब्ध हुनेछ।

६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य ५५ हजार ९९९ रुपैयाँ तोकिएको छ। त्यस्तै ८ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेज भएको मोडलको मूल्य ६९ हजार ९९९ रुपैयाँ रहेको छ।

कम्पनीले १२ महिनाको ईएमआईअन्तर्गत क्रमशः २ हजार ५५० रुपैयाँ र ३ हजार २५० रुपैयाँ तथा २४ महिनाको ईएमआईअन्तर्गत १ हजार ५१९ रुपैयाँ र १ हजार ८९९ रुपैयाँ मासिक किस्ता सुविधा उपलब्ध गराएको जनाएको छ।

एक्सचेन्ज बोनस र एनसेल डेटा अफर

नयाँ फोन खरिदकर्ताका लागि सामसङले पुरानो फोन साट्ने सुविधा पनि ल्याएको छ। ग्राहकले पुरानो फोनको मूल्यांकन रकमसँगै थप ८ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, ग्यालेक्सी A27 5G खरिदकर्ताले १२० जीबी एनसेल डेटा उपहार पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले सुरुवाती भुक्तानीबिनै २४ महिनासम्मको किस्तामा फोन खरिद गर्न सक्नेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu