सुनको मूल्य प्रतितोला तीन हजार १०० ले घट्यो
काठमाडौं –
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ।बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो।