Connect with us
Kapilvast Forest

‎युवा समाजसेवी रहमतुल्लाह मुसलमानको सक्रियतामा चौथो निःशुल्क आँखा शिविर सम्पन्न

२०८३, १८ श्रावण सोमबारमा प्रकाशित

‎निजामुद्दीन तेली
‎कपिलवस्तु, साउन १६ कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१०, हरदौनामा युवा समाजसेवी रहमतुल्लाह मुसलमानको आयोजना तथा सिद्धार्थ नेत्रालय, तौलिहवा, कपिलवस्तुको प्राविधिक सहयोगमा चौथो निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

मिति २०८३ साल साउन १६ गते, शनिबार आयोजित उक्त शिविरमा स्थानीय तथा आसपासका क्षेत्रका १५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। शिविरमा आवश्यक परेका सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरिएको थियो भने ४० जना मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनोट गरिएको आयोजकले जनाएको छ। साथै २५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

‎विगत केही वर्षदेखि समाजसेवामा निरन्तर सक्रिय रहँदै आउनुभएका युवा समाजसेवी रहमतुल्लाह मुसलमानले विभिन्न व्यक्ति तथा संस्थासँग समन्वय गरी स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँकै पहलमा यसअघि तीन पटक निःशुल्क आँखा शिविर सञ्चालन भई हजारौँ नागरिकले प्रत्यक्ष लाभ लिइसकेका छन्। साथै उहाँले युवा तथा विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा साथ, सहयोग तथा प्रोत्साहन प्रदान गर्दै आउनुभएको छ।
‎उक्त कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल, हरदौनाका प्रमुख हंसराज जोशी रहनुभएको थियो। उहाँले ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने यस्ता कार्यक्रम अत्यन्तै प्रशंसनीय रहेको बताउँदै समाजसेवी रहमतुल्लाह मुसलमान तथा सिद्धार्थ नेत्रालयको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
‎शिविर सफल बनाउन सिद्धार्थ नेत्रालयका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्। आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा र समाजसेवाका यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिइने समाजसेवी रहमतुल्लाह मुसलमानले बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu