नाइमा एक्स्पोमा रिभर मोबिलिटीको स्कुटर ‘इन्डी’ सार्वजनिक
काठमाडौं । भारतको प्रसिद्ध विद्युतीय स्कुटर निर्माता कम्पनी ‘रिभर मोबिलिटी’ आफ्नो आधिकारिक वितरक ‘विशाल ग्रुप’सँगको सहकार्यमा नेपालमा प्रवेश गरेको छ ।
कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा एक्स्पो २०२६’ मा आफ्नो फ्ल्यागशिप विद्युतीय स्कुटर ‘इन्डी’ सार्वजनिक गरेको हो । एक्स्पोमा पुग्ने अवलोकनकर्ताहरूले हल बीको स्टल एल ३ एमा पुगेर ‘इन्डी’ स्कुटर अवलोकन गर्न र प्रि–बुकिङ गर्न सकिनेछ ।
विशाल ग्रुपको अटोमोबाइल क्षेत्रमा ८० वर्षभन्दा बढीको लामो अनुभव र ३५ भन्दा बढी सहरहरूमा फैलिएको बलियो सञ्जालले नेपालमा रिभरको खुद्रा बिक्री र बिक्रीपछिको सेवालाई प्रभावकारी बनाउने कम्पनीको विश्ववास छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानफ्याक्चरर्स एसोसिएसनले आयोजना गरेको प्रदर्शनी नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी हो, जसले प्रमुख अटोमोबाइल ब्रान्डहरूलाई एकै मञ्चमा ल्याएको छ ।
रिभर मोबिलिटीका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकृत अरविन्द मणिले भने, ‘नाइमा एक्स्पो २०२६ मा रिभर इन्डीलाई नेपाली बजारमा भित्राउन पाउनु हाम्रो लागि एक महत्वपूर्ण कोसेढुंगा हो । विशाल ग्रुपको बलियो वितरण सञ्जाल र अटोमोबाइल अनुभवले हामीलाई यो यात्रा सुरु गर्न सही आधार दिएको छ । भारतमा अत्यधिक रुचाइएको इन्डी स्कुटरले नेपाली राइडर्सहरूको पनि मन जित्ने हामीलाई पूर्ण विश्वास छ ।’
त्यस्तै, विशाल ग्रुपका डायरेक्टर निकुञ्ज अग्रवालले भने, ‘हामी रिसँग साझेदारी गर्न र इन्डी स्कुटरलाई नेपाली बजारमा ल्याउन पाउँदा अत्यन्तै खुसी छौं । रिभरको उपयोगिता, टिकाउपन र उत्कृष्ट डिजाइन नेपाली प्रयोगकर्ताहरूको आवश्यकतासँग ठ्याक्कै मेल खान्छ । हाम्रो बलियो राष्ट्रिय सञ्जाल र ग्राहक सेवाप्रतिको प्रतिबद्धतामार्फत हामी नेपालभरका ग्राहकहरूलाई असाधारण अनुभव प्रदान गर्नेछौं ।’
‘रिभर इन्डी’ले आफ्नो उत्कृष्ट डिजाइन र अत्याधुनिक विशेषताहरूका कारण छोटो समयमै उपभोक्ताहरूको ध्यान खिच्न सफल भएको छ । दैनिक प्रयोगलाई सहज, प्रयोगात्मक र टिकाउ वनाउने उद्देश्यले निर्माण गरिएको यो स्कुटरले नेपाली सडकको भौगोलिक बनावट र यहाँका राइडर्सहरूको आवश्यकतालाई पूर्ण रूपमा समेटेको कम्पनीले जनाएको छ । प्रतिष्ठित ‘रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४’ र ‘रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५’ दुवै जितेर इतिहास रचेको एकमात्र भारतीय दुई–पाङ्ग्रे वाहन हो ।
कम्पनीले स्कुटरमा ८ वर्षसम्मको भरपर्दो वारेन्टी प्रदान गरेको छ । साथै, यो स्कुटर विन्टर ह्वाइट, स्टोर्म ग्रे, मनसुन व्लू, समर रेड र स्प्रिङ येलो गरी ५ वटा आकर्षक रङहरूमा वजारमा उपलब्ध छ । दैनिक उपयोगिता र उच्च कार्यसम्पादनको वेजोड मिश्रण रहेको यो विद्युतीय इन्डी स्कुटरले नेपालको अटोमोवाइल वजारमा नयाँ वेन्चमार्क स्थापित गर्ने अपेक्षा गरिएको छ । अरविन्द मणि र विपिन जर्जद्वारा स्थापित ’रिभर मोविलिटी’ वेङ्गलोरमा आधारित विद्युतीय सवारी साधन निर्माता कम्पनी हो । कम्पनीलाई जापानको यामाहा मोटर कर्पोरेसन, मित्सुइ एन्ड कम्पनी, मारुवेनी कर्पोरेसन, दुवईको अल फुट्टाईम ग्रुप, टोयोटा भेन्चर्सलगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा भारतीय लगानीकर्ताहरूको बलियो साथ रहेको छ ।