Connect with us
Kapilvast Forest

रोट्र्याक्ट क्लबको AI सम्बन्धि वादविवादमा प्रवेश प्रथम

२०८३, २९ श्रावण शुक्रबारमा प्रकाशित

कपिलवस्तुमा ‘विद्यार्थी जीवनमा एआई वरदान कि अभिशाप’ विषयमा माध्यमिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले रोट्र्याक्ट क्लब अफ कपिलवस्तुको आयोजना तथा इन्ट्रयाक्ट क्लब अफ शिवगढीको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो।

राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाको सभाहलमा सम्पन्न प्रतियोगितामा समयथान माध्यमिक विद्यालयका छात्र प्रवेश घिमिरे प्रथम भएका छन् ।

यस्तै, नेपाल आदर्श माध्यमिक विद्यालयकी छात्रा सुरक्षा अर्याल द्वितीय, प्रकाश माध्यमिक विद्यालय सुन्दरीडाँडाकी छात्रा एलिना थापा मगर तृतीय र शिवगढी इङ्लिस स्कुलकी छात्रा अस्मिता खनाल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विद्यार्थी जीवनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगले पार्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे आफ्ना तर्क प्रस्तुत गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको आयोजक संस्था रोट्र्याक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभयो।

विद्यार्थीहरूको वक्तृत्वकला, तार्किक क्षमता तथा सिर्जनात्मक सोचको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu