Connect with us

फेरि बढ्यो अन्डाको मूल्य

२०८३, ५ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौ । बजारमा अन्डाको मूल्य पुनः बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ । यसैगरी ठुलो अन्डा ५७५ रुपैयाँ र मिडियम आकारको अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ तोकिएको छ ।

संघले यसपटक अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो । यसअघि ३० साउनदेखि एक्सएलको ५७५, ठूलोको ५६० र मिडियमको ५२० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो ।

अन्डाको मूल्यमा पछिल्लो वृद्धि साउनयता भएको पाँचौँ संशोधन हो । साउनको प्रारम्भमा एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५२५ रुपैयाँ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा ५७५ रुपैयाँ पुगेको थियो । भदौ सुरु भएसँगै थप १५ रुपैयाँ बढेपछि उक्त मूल्य ५९० रुपैयाँ कायम भएको हो ।

उत्पादन घटेका कारण अन्डाको आपूर्ति र मागबीच असन्तुलन बढेको व्यवसायीहरूको भनाइ छ । बर्डफ्लु संक्रमणका कारण ठुलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डा उत्पादनमा उल्लेख्य कमी आएको उनीहरूको दाबी छ ।

उत्पादनमा आएको कमीका कारण बजारको मागअनुसार आपूर्ति गर्न कठिन भएको र त्यसकै प्रभावले समर्थन मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक संघले बताउँदै आएका छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu