Connect with us

अस्पतालको ३८ लाख घोटाला काण्ड : तीन जना अझै फरार

२०८३, १४ भाद्र आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तु शिवराज नगरपालिकाले सञ्चालन गरेको शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालको ३८ लाख रुपैयाँ हिनामिना प्रकरणमा तीन जना अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अस्पतालका तत्कालीन प्रशासन शाखा प्रमुख वीरेन्द्र मिश्रा, फार्मेसीष्ट लक्ष्मण रिमाल र कार्यालय सहयोगी सेराज अहमद दर्जी फरार छन् ।

घोटाला प्रकरण बाहिरिएलगत्तै मिश्रा र रिमाल फरार भएका थिए। उनीहरू गत वैशाखदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। त्यस्तै, कार्यालय सहयोगी दर्जी भने करिब ७/८ महिनादेखि नै फरार भई विदेश गएको बताइएको छ । प्रहरीले फरार तीनै जनाको खोजी कार्य जारी राखेको जनाएको छ ।

यसैबीच, जिल्ला अदालत कपिलवस्तुले भदौ ११ गते यस प्रकरणमा पक्राउ परेका पाँच जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । धरौटीमा रिहा हुनेमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, अस्पतालकी फार्मेसी सहायक रुक्साना खातुन, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र तत्कालीन चन्द्रौटा शाखाका कार्यालय सहयोगी विक्रम केसी रहेका छन् ।

अदालतले भट्टराईलाई ७ लाख, भण्डारीलाई ६ लाख ५० हजार, केसीलाई ३ लाख, डा. पाण्डेयलाई २ लाख र खातुनलाई ५० हजार रुपैयाँ धरौटी तोकेको थियो।

यसअघि उनीहरूलाई वैशाख ३१ गते पक्राउ गरी १५ दिनसम्म हिरासतमा राखेर छाडिएको थियो । पछि जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप भएपछि थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय चन्द्रौटाले भदौ ८ गते उनीहरूलाई पुनः हिरासतमा लिएको थियो। अनुसन्धानपछि अदालतमा पेस गरिएका उनीहरू भदौ ११ गते धरौटीमा रिहा भएका हुन् ।


३८ लाख १९ हजार ७७० रुपैयाँ बैंकमा दाखिला नभएको आरोप

अनुसन्धानका क्रममा अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम बैंकमा जम्मा गरिएको देखाउन विभिन्न मितिका १२९ वटा बैंक भौचर प्रयोग भएको पाइएको छ । तर ती भौचरमा उल्लेखित कुल ३८ लाख १९ हजार ७ सय ७० रुपैयाँ बैंक खातामा जम्मा नभएको अनुसन्धानबाट खुलेको बताइएको छ।

अस्पतालको आर्थिक वर्ष २०८१/०८२ को कारोबारको लेखापरीक्षण गर्ने क्रममा भौचर फाइलमा रकम जम्मा गरेको देखिए पनि बैंक खातामा भने रकम दाखिला नभएको भेटिएपछि आर्थिक अनियमितताको विषय बाहिर आएको थियो ।

प्रकरण बाहिरिएपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं शिवराज नगरपालिका–५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरी दिएका थिए ।

हाल अदालतबाट पाँच जना धरौटीमा रिहा भइसकेका छन् भने प्रकरणमा नाम जोडिएका तीन जना फरार रहेकाले उनीहरूको खोजी तथा अनुसन्धानलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu