Connect with us
Kapilvast Forest

पाल्पाको भगवती रथ जात्रामा लुम्बिनीका मुख्यमन्त्री आचार्य

२०८३, २० भाद्र शनिबारमा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने ऐतिहासिक तथा प्रसिद्ध रणउजीरेश्वरी भगवती रथ जात्राको अवलोकन गरेका छन् । शनिबार पाल्पा पुग्नुभएका मुख्यमन्त्री आचार्यले भगवती मन्दिर परिसरमा पुगेर रथ जात्रा तथा जात्रामा सहभागी श्रद्धालुहरूको उपस्थिति अवलोकन गरेका हुन ।

मुख्यमन्त्री आचार्यले जात्राको शनिबारनै एक शुभकामना सन्देश जारीगर्दै रणउजीरेश्वरी भगवती रथ जात्राले नेपालको राष्ट्रिय स्वाभिमान, वीरता, धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको बताउनुभएको थियो ।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१-७२ मा भएको युद्धमा नेपाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथ जात्रा मनाउने गरिन्छ । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा प्राप्त विजयको स्मरणमा महिषासुरमर्दिनी भगवतीको मन्दिर निर्माण गरी रथ निकाल्ने परम्परा सुरु भएको इतिहास छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu