Connect with us
Kapilvast Forest

हरितालिका तीज शुरु, आज दर खाने दिन

२०८३, २८ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा शुरु भएको छ। तीजको पहिलो दिन आज महिलाहरूले परम्पराअनुसार दर खाने दिनका रूपमा मनाउँदैछन्।

दर खाने दिन माइती तथा आफन्तको घरमा भेला भएर विभिन्न परिकार तथा मिठामिठा खानेकुरा खाने चलन छ। तीजको मुख्य दिन निराहार तथा निर्जल व्रत बस्ने महिलाहरूले त्यसको अघिल्लो दिन दर खाने परम्परा रहिआएको छ।

धार्मिक मान्यताअनुसार हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको र उनको इच्छाअनुसार शिवसँग विवाह भएको कथासँग हरितालिका तीज जोडिएको छ। पार्वतीले शिवलाई प्राप्त गर्न गरेको व्रत तथा तपस्याको स्मरण गर्दै महिलाहरूले तीजमा व्रत बस्ने परम्परा शुरु भएको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu