Connect with us
Kapilvast Forest

वाणगंगा नदीको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

२०८३, २८ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६, बर्मेलीस्थित वाणगंगा नदीमा आएको बाढीमा फसेका १२ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकामा ११ जना महिला र एक जना पुरुष रहेका छन् । उनीहरू घाँस काट्न नदी पार गरी वनतर्फ गएका थिए । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि वाणगंगा नदीमा एक्कासि बाढी आएको र पानीको बहाव बढेपछि उनीहरू नदी पार गरेर फर्कन नसकी बीचमै फसेका थिए ।

बाढीमा फसेका उनीहरूको सशस्त्र प्रहरीको टोलीले शनिबार राति करिब ८ः३० बजे उद्धार गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu