Connect with us
Kapilvast Forest

सिटिजन्स बैंकको ४ प्रतिशत लाभांश घोषणा

२०८३, १ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आगामी २०औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।

बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित ३.८० प्रतिशत बोनस सेयरको रकम ५८ करोड ९२ लाख रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ । त्यस्तै, कर प्रयोजनका लागि ०.२० प्रतिशत अर्थात् ३ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu