स्थानीय तहका उम्मेदवार छनोटबारे छलफल गर्न रास्वपाको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बैठक बस्न लागेको हो।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ।
त्यस्तै, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने ‘हामी आउँदै छौं’ अभियान तथा मधेस प्रदेश संगठनको अडिट रिपोर्टबारे पनि छलफल हुनेछ।
बैठकमा विविध विषयसमेत कार्यसूचीमा राखिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।