Connect with us

जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी

२०८३, १८ आश्विन आईतवारमा प्रकाशित

 काठमाडौं –

जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित भएका छन् । वीरगञ्जमा आयोजित महाधिवेशनमा भएको निर्वाचनमा राउत ९५८ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।

२६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो । अध्यक्ष पदमा डा. सीके राउतको मात्र उम्मेदवारी परे पनि पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने प्रावधान भएकाले राउतको पक्षमा पनि मतदान भएको थियो ।

यसैगरी उपाध्यक्षमा अनिताकुमारी मण्डल (सिरहा), अनितादेवी साह (धनुषा), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु), बसन्तकुमार कुशवाहा (रौतहट), डा. जयकान्त राउत (सप्तरी), राजयकुमार यादव (सिरहा) र माधवप्रसाद सिंह (पर्सा) विजयी भएका छन् ।

उपाध्यक्ष पदमा ११ जना प्रतिस्पर्धामा थिए । बाँकी उम्मेदवारहरू परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन भने पराजित भए ।

महासचिवमा सञ्जयकुमार यादव विजयी

महासचिव पदमा सञ्जयकुमार यादव (सिरहा) निर्वाचित भएका छन् । सिरहाका यादव ६१८ मत सहित महासचिव पदमा विजयी भएका हुन् ।

महासचिवका लागि ममता झा र चन्दनकुमार सिंहले पनि प्रतिस्पर्धा गरेका थिए । झाले २२० र सिंहले १६५ मत पाए । उनीहरुले २० प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको जनमत पार्टीले जनाएको छ ।

उपमहासचिव पदमा सिरहका निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत पाए ।

सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन् ।

७ सचिवका लागि ९ जना चुनावी मैदानमा थिए । वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह पराजित भए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu