Connect with us
Kapilvast Forest

संसद्‍मा ३६ वटा विधेयक, थप १४ वटा दर्ता गर्ने तयारी

२०८३, २० आश्विन मंगलवारमा प्रकाशित

सरकारले थप १४ वटा विधेयक संसद्‍मा दर्ता गर्ने गरी प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन छ । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी काम अगाडि बढेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पछिल्ला दुई अधिवेशनले पारित १२ वटा विधेयक दुवै सभाबाट पारित भइसकेका छन् । ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएका छन् भने एउटा प्रमाणीकरण हुने प्रक्रियमा छ ।

संघीय संसद्‍मा रहेका विचाराधीन रहेका ३६ वटा विधेयकमध्ये २४ वटा संसदीय समितिमा दफावार छलफलमा छ । एउटा राष्ट्रिय सभामा छ । बाँकी सभामै रहेका छन् ।

सरकारले थप १४ वटा विधेयक संसद्मा दर्ता गर्ने गरी अन्तिम चरणमा पुर्‍याएको कानुन मन्त्रालयले जनाएको छ ।

संसद्‍मा दर्ता हुने चरणमा पुगेका विधेयकहरूमा विधेयकहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक, राष्ट्रिय सर्तकता केन्द्रसँग सम्बन्धित ऐन संशोधन विधेयक रहेका छन् ।

यसैगरी, कम्पनी ऐन संशोधन विधेयक र विभिन्न पाँच वटा संहिता संशोधन विधेयक पनि ल्याइँदैछ । औद्योगिक सम्पतिसम्बन्धी विधेयक पनि छिट्टै संसद्मा दर्ता गर्ने गरी अगाडि बढेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक श्रण व्यवस्थापन र विदेशी विनीमयसँग सम्बन्धित विधेयक ल्याउँदैछ ।

उर्जा मन्त्रालयले नवीकरणीय उर्जासँग सम्बन्धित विधेयक र जलस्रोतसाग सम्बन्धित ऐन संशोधन विधेयक अगाडि बढाएको छ ।

पूर्वाधार न्यायाधीकरणसँग सम्बन्धित विधेयक र कृषि सँग सम्बन्धित विधेयक अगाडि बढेको छ ।

पशु बधशालासँग सम्बन्धित विधेयक पनि संसद्‍मा छिट्टै दर्ता गर्ने गरी अगाडि बढेको छ ।

कुन विधेयक कहाँ पुग्यो भनेर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले ट्रयाक गरिरहेको छ । थप १४ वटा विधेयक छिट्टै दर्ता गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu