Connect with us
Kapilvast Forest

कांग्रेस सभापति पदबाट राठौरले फिर्ता लिए उम्मेदवारी

२०८३, २१ आश्विन बुधबारमा प्रकाशित

किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।

जारी १५औं महाधिवेशनमा सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिएसँगै राठौरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताए। सभापति थापाको आग्रहमा आफूले उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj