Connect with us
Kapilvast Forest

चाडपर्वलाई केन्द्रित गरी बुटवल बसपार्कमा सहायता कक्ष

२०८३, २६ आश्विन सोमबारमा प्रकाशित

बुटवल । दसैं तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सुरु गरिएको छ ।

चाडपर्वको समयमा यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गराउने उद्देश्यले सहायता कक्ष सुरु गरिएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालयले पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायात लगायतका कम्पनीसंगको सहकार्य छ सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले सहायता कक्षबाट यात्रुको समस्या समाधान, सडक सुरक्षासम्बन्धी जानकारी र ट्राफिक नियम पालनाबारे सचेतनाको काम चाडपर्वभरी नै हुने जानकारी दिए ।

यस्तै सवारीसाधनको गति सीमित राख्ने, अनावश्यक हर्न नबजाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा यात्रु र चालकलाई सचेत गराइनेछ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले यात्रु ठगी रोक्न बसपार्कमा कार्यरत कर्मचारीको परिचय खुल्ने गरी आवश्यक व्यवस्था गरिएको र टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

नागरिक सहायता कक्ष आगामी कात्तिक ३ गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu