Connect with us
Kapilvast Forest

यशोधराका ढाई सय बढी कर्मचारी दशैंमा पनि तलबविहीन

२०८३, ३० आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु-
नेपालीहरूको महान् चाड दशैंमा समेत कपिलवस्तुको यशोधरा गाउँपालिकाका ढाई सयभन्दा बढी कर्मचारी तथा शिक्षक तलब र भत्ताबाट वञ्चित भएका छन् । चाडपर्वका बेला तलब नपाएपछि उनीहरू निराश बनेका छन् ।

पालिका स्रोतका अनुसार लेखापाल निराजन लम्सालको असोज २१ गते दाङको राप्ती गाउँपालिकामा सरुवा भएपछि यशोधरा गाउँपालिकामा नयाँ लेखापाल खटाइएको छैन । लेखापालको अभाव, चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम सूत्र प्रणालीमा प्रविष्ट नहुनु र पालिकाभित्रको आन्तरिक विवादलगायतका कारण कर्मचारी तथा शिक्षकको तलब भुक्तानीमा समस्या भएको बताइएको छ ।

दशैंजस्तो महत्वपूर्ण चाडमा समेत तलब नपाउँदा कर्मचारी तथा शिक्षकलाई घरपरिवारको खर्च व्यवस्थापन गर्न कठिनाइ भएको छ । नियमित रूपमा काम गरे पनि चाडपर्वका बेला पारिश्रमिक नपाउँदा उनीहरू निराश बनेका छन् ।

कर्मचारी तथा शिक्षकको तलब भुक्तानीमा देखिएको समस्याको समाधानका लागि गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने देखिएको छ । समयमै तलब भुक्तानी नहुँदा कर्मचारीको दैनिक जीवनयापनमा असर पर्नुका साथै स्थानीय तहको सेवा प्रवाहमा समेत प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यद्यपि, तलब भुक्तानी कहिलेसम्म हुने भन्ने विषयमा गाउँपालिकाको आधिकारिक धारणा तथा समस्याको समाधानका लागि भइरहेको पहल स्पष्ट हुन सकेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu