Connect with us

कपिलवस्तुकाे चप्परगाउँमा कपडा बैंक स्थापना

२०८३, २७ आश्विन मंगलवारमा प्रकाशित

  • रामबहादुर गन्धर्व 

कपिलवस्तु । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका-८ स्थित चप्परगाउँमा कपडा बैंकको शाखा स्थापना गरिएको छ।

स्वबिवेकले लिनुहाेस, साे बिवेकले दिनुहोस , कपडामा हुने फजुल खर्च बचाएर आफ्नो स्वास्थ्य र छाेराछाेरीकाे शिक्षामा लगानी गरौ भन्ने मुल नाराका साथ साेमबार आयोजना गरिएको कार्यक्रमकाे बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले  उद्घाटन गर्नुभएको हो ।

साे अवसरमा बाेल्दै नगर प्रमुखले स्थानीय नागरिकको समस्याको बारेमा पहिचान गर्दै गाँस बास र कपासबाट काेही पनि बञ्चित हुन नपराेस भएकोले दिऔ नभएकोले लिऔ मुल्य ताेकेर हाेइन सेवा भावले जति पैसा दिनुहुन्छ त्यति कपडा पाउने ठाउँ भएको स्पष्ट पार्दै साे बिवेकले दिनुहाेस साे बिवेकले लिनुहाेस भन्ने मुल मन्त्रलाई आत्मासात गर्न सबैलाई आग्रह गरे।

महानायक राजेस हमालकाे संरक्षण र नेपाल स्वयं सेवक संघको समन्वयमा आयोजित कार्यक्रममा वरिष्ठ समाजसेवी उमानाथ पौडेल नगरसभापति बिष्णु न्यौपाने , उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष डाेलकराम घिमिरे लगायतले उदाहरणीय कार्यप्रति प्रशंसा गर्दै सफलताको शुभकामना ब्यक्त गरें।

स्थानीय समाजसेवी ,विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू इ.प्रहरी कार्यालय प्रतिनिधि लगायतको बिशेष उपस्थिति रहेको कार्यक्रम नेपाल स्वयंसेवक संघका अध्यक्ष खेमराज पौडेलको अध्यक्षता वडा न.८ का जनप्रतिनिधि शैलेन्द्र बेलबासेकाे स्वागत तथ समाजसेवी पशुपति गिरीकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu