Connect with us

विजयनगरमा विभिन्न दल छाडेर ५०० बढी रासपामा प्रवेश

२०८३, २८ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ५०० भन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) मा प्रवेश गरेका छन्। बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरू रासपामा प्रवेश गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोहनलाल आचार्यले सुकुम्बासी तथा भूमिहीनका समस्या चुनावी मुद्दामा मात्र सीमित हुन नहुने बताए। उनले भने, अबको चुनावमा सुकुम्बासी र भूमिहीनका नाममा भोट माग्न पाइँदैन, त्यसभन्दा अगाडि नै सबै समस्या समाधान गर्ने बताए।उनले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

त्यस्तै, सांसद विक्रम थापाले पार्टीमा व्यक्तिगत चिनजान र सम्बन्धका आधारमा टिकट पाइन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता र पार्टीको विधि तथा प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

रासपाका विजयनगर गाउँपालिका सभापति लोकेश थापाले पार्टी विधि, विधान र प्रणालीअनुसार सञ्चालन हुने बताए। उनले नेताको चाकडी, आश्वासन वा आर्थिक चलखेलका आधारमा टिकट वितरण नहुने स्पष्ट पार्दै उम्मेदवार छनोट ‘क्यान्डिडेट क्लब’ प्रक्रियामार्फत हुने बताए। साथै, चोकचौराहामा फैलिने हल्ला र अपुष्ट कुराको पछि नलाग्न उनले आग्रह गरे।

कार्यक्रममा विभिन्न राजनीतिक दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको थियो। कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी राजनीतिक गतिविधि तथा पार्टीको विधि र प्रक्रियाबारे समेत चर्चा गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu