Connect with us

कृषिमा अनुदान मिलाईदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने पक्राउ

२०८३, १४ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौ । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरुले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग राम्रो चिनजानका आधारमा कृषि फार्मको लागि सहुलियत अनुदान सजिलै मिलाउन सकिन्छ भनि विश्वास दिलाई प्रलोभनमा पारी विभिन्न वहानामा पीडितहरूबाट पटक पटक गरी जम्मा ५ करोड ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।