Connect with us

कृष्णनगरको विकासका लागि रिसभ अग्रवाल अघि सर्दै

२०८३, १४ कार्तिक शुक्रबारमा प्रकाशित

कृष्णनगर-

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको विकास, बजार व्यवस्थापन तथा नागरिकका आधारभूत समस्याको समाधान गर्ने एजेन्डासहित रिसभ अग्रवाल (कान्हा) वडा अध्यक्षको उम्मेदवारी दिने तयारीमा अघि सर्नुभएको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा कृष्णनगर नगरपालिका–२ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने अग्रवालले बताउनुभएको हो । उहाँले कृष्णनगरको समग्र विकास र वडावासीका समस्यालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिने बताउनुभयो ।

अग्रवालले कृष्णनगर बजारको व्यवस्थित विकास, बाल बिटौरी जग्गाको लालपुर्जा वितरण, सरसफाइ तथा फोहोर व्यवस्थापन र छाडा चौपाया व्यवस्थापनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउनुभएको छ ।

लामो समयदेखि बजार व्यवस्थापन, जग्गाको स्वामित्व तथा सरसफाइका समस्या झेल्दै आएका स्थानीय नागरिकका समस्या समाधान गर्न आफूले पहल गर्ने उहाँको भनाइ छ ।

कृष्णनगरलाई व्यवस्थित, स्वच्छ र विकासोन्मुख नगरका रूपमा अघि बढाउन जनताको आवश्यकता र चाहनाअनुसार काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिने तयारी गरेको अग्रवालले बताउनुभयो ।

विकास, सुशासन र व्यवस्थित कृष्णनगर निर्माणको एजेन्डासहित अग्रवालको उम्मेदवारी घोषणाले आगामी निर्वाचनमा वडा नं. २ को चुनावी माहोललाई समेत चासोपूर्ण बनाउने देखिएको छ ।

— न्युज सेन्टर नेपाल

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu