Connect with us
Kapilvast Forest

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८३, १७ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं।जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ललितपुर र कैलालीबाट १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट कुल १ लाख ९१ हजार १८० रुपैयाँ नगद र १८ बुक तास बरामद गरेको छ।

प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलस्थित रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी ४१ वर्षीय रामबाबु केसीसहित ८ जनालाई शनिबार राति पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ७० हजार ७१० रुपैयाँ नगद र १५ बुक तास बरामद गरेको छ।

त्यसैगरी, कैलालीको टीकापुर नगरपालिका–१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही स्थानका ४१ वर्षीय सन्तोष भण्डारीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २० हजार ४७० रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj