आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।
लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ ।
जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।
साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ। काठमाडौं र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन्।