Connect with us
Kapilvast Forest

आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

२०८३, २२ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ ।

साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ ।

लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।