नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणीका सात जना इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइएकामध्ये ६ जना कार्यालयमा हाजिर नभएको र एक जना स्वीकृत नगराई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन् ।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइएकामा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल छन् ।
त्यस्तै, स्वीकृत नगराई बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको आज सार्वजनिक सूचनामा उल्लेख छ ।