Connect with us
Kapilvast Forest

सल्यानमा एक प्रहरी जवान मृत फेला

२०७८, १५ चैत्र मंगलवारमा प्रकाशित

दाङ – सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् ।

गएराति १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको शव भेटिएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

 

बिहान स्थानीय एक महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनको ३० मिटर छाङगोबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक प्रहरी जवान केसी पश्चिम रुकुमको मुसिकोट- १३ छिवाङका हुन् । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu