Connect with us
Kapilvast Forest

ठेकेदारले चुनाव लड्न नपाउने

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्नेछ । आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो ।

‘आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ’, बुधबारको बैठकपछि आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता पौडेलका अनुसार बुधबार बसेको आयोग बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ ।

यसैगरी, ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय आयोगले गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने १९ बुँदे स्वघोषणाका बुँदासमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu