Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी अपरिहार्य छ: प्रधानमन्त्री देउवा

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवर्द्धनबाट हुनेमा जोड दिएको छ ।

श्रीलङ्काको कोलम्बोमा जारी बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट काठमाडौंबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई दशकको यात्रा पार गर्ने तरखरमा रहेको क्षेत्रीय सङ्गठन बिमस्टकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकाङ्क्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवर्द्धन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

साथै उहाँले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

विगत दुई वर्षदेखि बिम्स्टेक क्षेत्र पनि महामारीविरुद्धको महालडाइँ लडिरहेको, लाखौँको मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरीहरू अझ बढिरहेको यथार्थ चित्रण गर्दै उहाँले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकाले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताउनुभयो । ‘खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य, ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मञ्च बिमस्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउँदै उहाँले ब्याङ्कक घोषणामा उल्लिखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

सडक, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट हाम्रा देश, समाज र बजारको एकीकरण, यातायात सञ्जाल, ऊर्जा, र ‘पावर ग्रिड’ अन्तरसम्बन्धमा लगानी गर्न आह्वान गर्दै प्रधानमन्त्रीले बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि, नवप्रवर्तन, उद्यमशीलतको विकास, वस्तु र सेवाको व्यापार, लगानी प्रवर्द्धन , भन्सार मामिलामा पारस्परिक सहयोग आवश्यक भएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu