Connect with us
Kapilvast Forest

भष्ट्चार गर्नु भनेको नेपाल आमाको रगत खानु सरह हो : अध्यक्ष लिङ्देन

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु-  मुलुकलाई समृद्ध बनाउन जन्ता र देशलाई शिरमा राखेर काम गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनु भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभा तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

चुनावको नाममा भम्र फौलाउ नहुने बताउदै आफनो पाटी बोले भन्दा पनि काम गरे देखाउने पाटी भएको तर्क गर्नु भयो । धेरे पाटीलाइ चुनाब जिताएर हेरि सकेका नेपाली जनताले अब एक पटक राप्रपा जिताउन आवाहन गदै कपिलवस्तु जिल्ला राप्रपाको किल्ला हुने दावि गर्नु भयो ।

 

उक्त कार्यक्रममा महामन्त्री एवम् नेपालगंज उप–महानगरपालिका मेयर डाक्टर धवल शम्शेर राणाले भष्टचार रोक्न सके मुलुक समृद्ध हुने बताउनु भयो ।

नेपाली जनताको सपना पूरा गर्न आफनो पाटी हरबखत लागि परेको बताउदै नेपाललाई नेपाल बनाउने बताउनु भयो । पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझी ,वरिष्ठ नेता दिपक बोहोरा लगायतले कार्यक्रामा बोल्दै समाज परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी आवश्यक रहेको दावी गर्दै भष्टचार गर्नु भनेको नेपाल आमाको रगत पिउनु सरह भएको बताउनु भयो ।नेपाल धेरै सम्भावना बोकेको राष्ट्र भएको उल्लेख गर्र्दै युवाहरुलाई खाडी मुलुक हो

स्वदेशमा रोजगारी सृजन गर्न सक्नु पर्ने जिकिर गर्नु भयो । आज विपि काङ्ग्रेस, नेकपा एमाले,माओवादि,जसपा,लोसपा,र जनमोर्चा परित्याग गरी १००० भन्दा बढिले पार्टी गरेको राप्रपा कपिलबस्तुले जनाएको छ ।

सोहि कार्यक्रममा बोल्दै राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले कपिलवस्तु जिल्लालाई राप्रपामय बनाउने दावि गर्नु भयो ।राप्रपाका उम्मेदवारलाई जिताएर भ्रष्टचार मुक्त देश बनाउन आगामि निर्वानमा हलो चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भयो ।

सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु भएको छ । राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वाणगगा नगर सचिव नवराज घिमिरे तथा जिल्ला सचिव प्रेम श.कर शुक्लले गर्नु भएको थियो ।

कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ । अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu