Connect with us
Kapilvast Forest

व्याकुल माइलाले आफ्नो पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्नुहुने भएको छ । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उहाँले बताएउनु भयो ।

‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ माइलाले भन्नु भयो । सरकारलाई हस्तान्तरण गर्नुअघि अहिले सहरी विकास मन्त्रालयले प्रबलीकरण गरिरहेको छ ।

 

पुर्ख्यौली घरजग्गालाई संग्रहालय र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफूले सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उहाँको भनाइ छ । ‘सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने उद्देश्य हो । होमस्टेदेखि संग्रहालयसम्म पनि गराउन सकिन्छ,’ उहाँले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu