Connect with us
Kapilvast Forest

नेपाली दूतावासमा चुच्चे नक्सै गायब

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

 

काठमाडौं -भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आपत्ति जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित दूतावासमा नभएको’ भन्दै आपत्ति जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ‘प्रधानमन्त्री देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीस्थित दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको’ उल्लेख गर्दै आपत्ति जनाएका हुन् । माओवादी केन्द्रका पूर्वमहासचिव एवं पूर्वसभामुख कृष्णबहादुर महराले यस विषयमा आफूले बुझिरहेको बताए । ‘सत्य कुरा के हो रु भन्ने बुझिरहेको’ बताउँदै उनले ‘त्यसपछि केही कुरा पार्टीले बोल्ने’ उल्लेख गरे । ‘चुच्चे नक्सा दूतावासमा नराखिएको भन्ने विषयमा सत्य के हो बुझ्दै छौं,’ उनले भने, ‘सत्य कुरा बुझेर पार्टीले यस’दयगत आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu