Connect with us
Kapilvast Forest

मार्चमा ४२ हजार विदेशी पर्यटक भित्रिए

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं- सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्यांकअनुसार मार्चमा हवाई मार्ग भएर कुल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। अघिल्लो वर्षको मार्चमा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए।

यस वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुवाती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुवरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu