Connect with us
Kapilvast Forest

नयाँ लोक दोहोरी गित ‘माया भनिन्छ’ सार्वजनिक

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

मायाको परिभाषा दिदै गायक तथा सर्जक गणेश अधिकारी
पछिल्लो समय बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।सोहि क्रममा योग्सना डिजिटलको प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘माया भनिन्छ’ गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ । चर्चित लोक दोहोरी गायिका सुनिता वुढा क्षेत्री र लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक अधिकारीकै उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । प्रेममा धोका खाएका मायालु जोडीहरुको कहानी गितमा दर्शाईएको छ ।
बन जलेको समाचार छापियो
मन जलेको देखेनौ पापीहो
पागल वनिन्छ
हसाई हसाई रुवाऊने चिजलाई माया भनिन्छ
निकै मार्मिक र मर्मस्पर्शी शब्द र भावले सृजित गितमा अधिकारीले चोखो माया गर्दा पनि धोका पाएको कथाबस्तु चित्रण गरेका छन् । सर्जक अधिकारी पछिल्लो समयका अत्यन्तै व्यस्त गायक एवम् सर्जकको रुपमा परिचित छन् । अभाव, पासपोर्ट हरियो, वलिदान, चिहान, असल साथी, पिडाको राजधानी, तल्लो जातैको, डोको बोकेर, साचो मायाको, एयरपोर्टमा छु, शास्त्र, पैताला, देऊ न राधा देऊ, कहानी, आफ्नै खाने हो कर्म त, मेरो बहिनी पियारी लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।

स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार साया भण्डारी र गणेश अधिकारीको मनछुने अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट कथाबस्तुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायांकन एवम् शिव पौडेलको सम्पादन गरेका छन्, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट र मार्मिक वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Yogsana Digital को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu