Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरिरहेका छौं: अर्थमन्त्री खतिवडा

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं– सरकारले ललितपुरको पुल्चोकमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरिपरि अन्तर्राष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिएका हुन् ।

उनले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताए । शुक्रबार ललितपुरको पाटनमा आयोजित ललितपुर उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै मन्त्र खतिवडाले सरकारले समग्रतामा ललितपुर जिल्लालाई आधुनिक सहरको रुपमा विकास गर्न चाहेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले ललितपुर कला र संस्कृतिको हिसाबले पनि अधिक सम्भावना भएको जिल्ला भएको हुनाले त्यसको विकासमा सरकार प्रतिबद्ध भएर लागि परेको दावी पनि गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu