Connect with us
Kapilvast Forest

१५.९४ अंकले नेप्से घट्दा १ अर्ब ५८ लाखको कारोबार

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-सोमबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १५.९४ अंकले घटेर २,४९७.४७ पुगेको हो।

दिनभर जम्मा २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ सेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ २ पैसाको कारोबार भएको छ।

कारोबार भएका कुल कम्पनीमध्ये १४६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३६ कम्पनीको मूल्य बढेको छ। बाँकी १२ कम्पनीको मूल्य स्थिर छ।

आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ।सोमबार राष्ट्र उत्थान लघुवित्त संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। इमर्जिङ नेपाल लिमिटेडको सेयर भने ९.१२ प्रतिशतले बढेको छ।नेपाल स्टक एक्सचेन्जकाअनुसार आज इमर्जिङ नेपाल लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ ६० पैसाको कारोबार भएको हो।

यसपछि, नबिल बैंकको ५ करोड ६७ लाख ८७ हजार ८७६ रुपैयाँ ६० पैसा, सूर्य लाइफ इन्स्योरेन्सको ४ करोड ६३ लाख ४८ हजार ४६ रुपैयाँ ६० पैसा, अरुन भ्याली हाइड्रोपावरको ३ करोड ९१ लाख २ हजार ८८६ रुपैयाँ १० पैसा र एनटिसीको सेयर ३ करोड ६९ लाख ३३ हजार ५९१ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu