Connect with us
Kapilvast Forest

मतपेटिका ल्याउन ढिलाइले मङ्गलबारदेखि बारको मत गणना शुरु हुने

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं- देशभरबाट मतपेटिका ल्याउन ढिलाइ हुँदा नेपाल बार एसोसिएसनको मतगणना मङ्गलबार देखिमात्र शुरु हुने भएको छ । देशभरका ३५ मतदानस्थलमध्ये ३२ वटाबाट आइसकेको र बाँकी धनकुटा, राजविराज र सिरहाबाट सोमबार आइपुग्ने भएसँगै निर्वाचन समितिले गणना मङ्गलबारदेखि गर्ने तयारी शुरु गरेको निर्वाचन अधिकृत उषा मल्लले जानकारी दिनुभयो ।

मतगणनासँगै मतपरिणाम बुधबार विहानसम्ममा सार्वजनिक गरिसक्ने गरी तयारी गरेको मल्लले जानकारी दिनुभयो । काठमाडौं उपत्यका बाहिरको मतदानस्थलमा तीन हजार २०२ र काठमाडौं उपत्यकाभित्र चार हजार २२७ गरी जम्मा मत सात हजार ४२९ मत खसेको निर्वाचन अधिकृत मल्लले जानकारी दिनुभयो ।

बारमा निर्वाचनमा भाग लिने जम्मा मतदाता नौ हजार ६०७ थिए । यीमध्ये दुई हजार १७८ जना मतदानमा सहभागी हुन सकेनन् । बार एसोसिएसनको २६ औं अधिवेशनबाट नयाँ केन्द्रीय समिति चयनका लागि शनिबार देशभर मतदान सम्पन्न भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu