Connect with us
Kapilvast Forest

निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन ७९ दललाई आयोगले बोलायो

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

election

काठमाडौं-निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।

त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।

 

निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu