Connect with us
Kapilvast Forest

प्रश्नपत्रमै उत्तर, पुनः गराइयो परीक्षा

२०७६, १० आश्विन शुक्रबारमा प्रकाशित

सांकेतिक तस्वीर ।
गुल्मी, असोज १० । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि गुल्मीमा ४० मिनेट परीक्षा स्थगन गरिएको छ ।

नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।

रेसुंगा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अंग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पस्ट देखिनेगरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

प्रश्नपत्रमा समावेश हुने सबै ४० ओटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो ।

केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यकपर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको बताए ।नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उनले जानकारी दिए ।

सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सन्चालन भएको छ ।शिक्षक सेवा आयोगले असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu