निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगरपालिकाकाे गाडीकाे सांचाे प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएकाे नगरप्रमुख शाहले जानकारी दिनुभयाे ।
आइतबार अफिस समयमा नगरपालिका पुगेर सेताे प्लेटकाे स्कारपियाे गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएकाे छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने याेजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयाे ।
स्थानीय निर्वाचन २०७८ काे आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा राेक लाग्ने भएकाले जिल्लामै पहिलाे स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।