Connect with us
Kapilvast Forest

यशोधरा गाउँपालिकाका  प्रमुख पाण्डेयद्वारा सरकारी गाडी फिर्ता

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्। यसै क्रममा यशोधरा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले आफूले प्रयोग गर्दै आएको स्कॉर्पियो गाडी फिर्ता गरेका हुन्।

आज दिउँसो यशोधरा गाउँपालिकाका प्रमुख तथा निर्वाचन क्षेत्र नम्बर २ ख को कांग्रेस क्षेत्रीय अध्यक्ष गिरिजेश कुमार पाण्डेयले सेता नम्बर प्लेटका लु १ झ ३८६ नम्बरको गाडीको फिर्ता गरेका हुन्।

उनले गाडीको चावी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन्। निर्वाचन घोषणा भएको र आचरसंहिता पनि लागु हुन केहीदिन मात्र बाँकी छँदै आफूले निर्वाचन स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेका प्रमुख पाण्डेयले बताए।

निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउँन आफूले यस्तो कदम चालेको उनले बताए। पार्टीले टिकट दिए फेरी चुनाव लड्ने सोच बनाएका उनले अब आफूले निजी सवारी साधान प्रयोग गर्ने बताए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj