Connect with us
Kapilvast Forest

डोटी जोरायल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले टुंग्यायो सर्वसम्मत उम्मेदवार

२०७८, २४ चैत्र बिहीबारमा प्रकाशित

 

डोटी – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा (एमाले) ले डोटीको जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारहरूको सर्वसम्मत टुङ्गो लगाएको छ ।

 

एमाले जोरायल गाउँपालिका कमिटीले बिहीबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम लगत्तै अध्यक्षमा पुनः दुर्गादत्त ओझा र उपाध्यक्षमा पनि पुनः जमुना बोहराको उम्मेदवारी सर्वसम्मत टुङ्गो लगाएको हो ।

एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इन्चार्ज गौरी ओली, केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा डोटीका संस्थापक डिल्लीराज भट्ट, जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल, सचिव शेर बहादुर मल्ल लगायत नेता कार्यकर्ताहरूको सहभागिता उम्मेदवारहरूको टुङ्गो लगाएको हो ।

 

जम्मा ९ वटा स्थानीय तह रहेको डोटीमा एमालेले जोरायल गाउँपालिकामा सबैभन्दा पहिले र सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu