Connect with us
Kapilvast Forest

चुनाव लड्दा ६ करोड खर्च भयो : डा. शशांक कोइराला

२०७८, २७ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताउनु भएको छ । नवलपुर–१ बाट निर्वाचित उहाँले २०७० सालमा ३ करोड रुपैयाँ खर्च भएकामा २०७४ सालमा ६ करोड खर्च भएको बताउनु भएको हो ।

नेपाल विद्यार्थी संघको इलाम काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उहाँले भन्नु भयो , ‘मैले नवलपरासी क्षेत्र नम्बर १ बाट तीन चोटी जितेँ । पहिलो चोटी मेरो खर्च ८० हजार थियो । दोस्रो चुनावमा ३ करोड र लास्ट चुनावमा ६ करोड ।’

उहाँले कसैले आफ्नो क्षेत्रमा उम्मेदवार बन्न चाहे आफूले छाड्ने पनि बताउनु भयो । ‘ल भन्नुस् त तपाईहरु चुनाव लड्न चाहनुहुन्छ मेरो क्षेत्रबाट रु म छोड्न तयार छु । तपाईंले कम्तीमा ६/७ करोड खर्च गर्नुपर्छ ।’

आफू पहिलो पटक नवलपरासीबाट प्रतिस्पर्धा गर्दा नयाँ रहेको र कसैले नचिनेको भन्दै उनले त्यसपछि झन् चुनाव खर्च घट्नुपर्नेमा अस्वाभाविक रुपमा बढेको बताउनु भयो । ‘चिनिसकेपछि त झन् घट्नुप¥यो नि, मेरो चुनावीखर्च घट्दै जानुपर्ने हो, बढ्दो क्रममा छ’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu