Connect with us
Kapilvast Forest

करिब डेढ किलो चरेससहित एक जना पक्राउ

२०७८, २७ चैत्र आईतवारमा प्रकाशित

pakrauu

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका(६ कसरौलबाट प्रहरीले आज १ किलो ४ सय २२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका(२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरेको छ।

पक्राउ परेका धामीबाट प्रहरीले से ४ प ९५११ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ। मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शंका लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लाष्टिकमा पोका पारेर लुकाई राखेको चरेस बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए। पक्राउ परेका धामीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj