Connect with us
Kapilvast Forest

एमाले सितगगांले गत चुनावमा पराजय भोगेका उम्मेदवारलाई नै दियो टिकट

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु-स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले शितगंगाले गत निर्वाचनमा पराजय भोगेका दुबै उम्मेदवारलाई यो वर्ष पनि दोहोर्याएको छ ।

क्षेत्रफलको हिसावले देशकै सबै भन्दा ठुलो नगरपालिका सितगंगामा एमालेले नगरपालिकामा  र उपप्रमुखका उम्मेदवारको रुपमा बसन्त कुमार श्रेष्ठलाई  प्रमुख र गीता भाटलाई उपप्रमुखमा  नाम सिफारीस गर्ने टुङ्गो लगाएको हो ।

२०७४ सालमा भएको निर्वाचनमा ठुलो मतान्तर (१ हजार ६ सय ८७ मत) ले पराजय भोगेका श्रेष्ठलाई यो पटक चुनाव जित्न अझै चुनौति छ । उता गत निर्वाचनमा ९५ मतान्तरल मात्रै पराजय भोगेकि भाटले पराजय पछिको रजनितिक सकृयता आफनो वडामा मात्रै सिमित राखेकोले यो निर्वानचनमा विजयी हुनु अझै कठिनाइ रहेको छ ।

गत निर्वाचनमा पराजय भोगे पछि दुबै नेताहरु गाउँ गाउँको यात्रा पनि रोकेका थिए ।अहिले निर्वाचन र आफनो टिकटको लागि मात्रै कार्यकर्ता माझ सकृय देखिएको भन्दै कार्यकर्ता समेत असन्तुष्ट देखिएका छन

आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारीको नाम टुङ्गो लगाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) सितगंगा नगर कमिटीको हिजाेंं (आईतबार) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj