Connect with us
Kapilvast Forest

पत्रकार दीपेन्द्र ओली बने एमालेबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

 

 

काठमाडौं -लामो समयदेखि सुर्खेतमा पत्रकारिता गर्दै आएका पत्रकार दीपेन्द्र ओली स्थानीय तहको निर्वाचनका लागि वडाको उम्मेदवार बनेका छन् । दैलेखको गुराँस गाउँपालिका–८ मा उनी एमालेका तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

झण्डै १२ वर्षदेखि सुर्खेतस्थित रेडियो जागरण एफएमको विभिन्न फाँट हुँदै स्टेशन म्यानेजरको भूमिका निर्वाह गरिसकेका ओली कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।

ओलीले अहिले पनि खबर बजार नामक अनलाइन सञ्चालन गरिरहेका छन् । उनी एमाले गुराँस गाउँ कमिटीका सचिव समेत हुन् । उनले वडाअध्यक्ष जित्ने दाबी समेत गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj