Connect with us
Kapilvast Forest

अर्घाखाँचीका १३ वर्षीय बालक कृष्णनगरवाट हराए,खोजीदिन परिवारको आग्रह

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कबाट अर्घाखाँचीका १३ वर्षीय बालक हराएका छन ।
अर्घाखाँचीको भुमिकास्थान गाउँपालिकामा घर भइ कृष्णनगरमा बसोवास गर्दै आएका बाबुराम भट्टराईको छोरा विपिन भट्टराइ आईतवार(हिजों) देखि सम्पर्क बिहिन बनेको पारिवारिक स्रोतले जनाएको छ ।

कृष्णनगरमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराइका अनुसार छोरा विपिन कृष्णनगर बजार देखि हिजो साझ ७ बजे देखि बेपत्ता बनेको बताउनु भयो ।

साझ कतै साथीहरु सगँ खेल्न गएको होला ,भन्दै केहि वेर वास्ता गरेनौ अवेर सम्म नआएपछि आफन्त तथा साथीको घरमा खोजी गर्दा पनि बालक फेला परेन बुबाले भन्नु भयो ।बेपत्ता बालकले चन्द्रौटाको फफुरी इंग्लिश बोर्डिंग स्कूल कक्षा ७ मा अध्ययान गर्ने परिवारले जनाएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरमा बालक हराएको उजुरी आएको र आफूहरू खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरीले जनाएको छ ।

४.५ फिट उचांई, गहुँगोरो वर्ण ,कालो टिसर्ट हाल्फ पाइन्टको हुलियामा बेपत्ता भएको परिवारले जाएको छ । बेपत्ता बालकलाई खोजतलास गर्न पारिवार श्रोतले सबैमा अपिल गरेको छ

सम्पर्कको लागि
९८४९११४४५३, 9867333086),इलाका प्रहरी कार्यालय कृष्णनगर (९८५७०९०२७८)तथा नजिकैको प्रहरी

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu