Connect with us
Kapilvast Forest

साबुन उद्योग सञ्चालनमै आएन

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

 

रुकुम पश्चिम- सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग निर्माण भइसकेको दुई वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४, कोटचौतारामा स्थापना गरिएको मुसीकोट साबुन उद्योग स्थापना गर्न कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लगानी गरेको हो । अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत यो उद्योग निर्माण गरिएको हो । सहयोगी निकाय जिल्ला कृषि विकास कार्यालय, रुकुम पश्चिमका निमित्त प्रमुख मीनबहादुर केसीले यहाँ उत्पादन हुने साबुन बजारमा लैजान प्रामाणिक लोगो आवश्यक पर्ने तर उक्त लोगो नभएकाले साबुन उत्पादन गरेर बजारमा लैजान नसकेको जानकारी दिनुभयो ।

साबुन उद्योग समितिका संयोजक पुष्कर गाइनले भन्नुभयो, “उद्योग दर्ता हुन सकेको छैन । साबुनका लागि आवश्यक प्लास्टिक कभर नहुँदा उत्पादन हुन सकिरहेको छैन । ” उहाँले तत्काल उद्योग दर्ता गर्ने प्रक्रियामा रहेको र प्लास्टिकको अभावलाई पनि पूर्ति गर्नतर्फ लागिपरेको जानकारी दिनुभयो । अति विपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रम निर्माण उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको उक्त कार्यक्रमका लागि सरकारले हालसम्म ६० लाख रुपियाँ लगानी गरिसकेको छ । आव २०७६÷७७ मा ४० लाख र २०७७÷७८ मा २० लाख रुपियाँ उक्त उपभोक्ता समितिलाई भुक्तानी गरिएको छ ।

पहिलो वर्षको बजेट भवन निर्माण र मेसिन खरिदका लागि खर्च गर्नुपर्ने दोस्रो वर्षको बजेटबाट कच्चा पदार्थ खरिद गरेर साबुन उत्पादन हुनुपर्ने थियो तर सबै रकम भुक्तानी हुँदा पनि साबुन उत्पादन हुन सकेको छैन । उद्योग निर्माण सम्पन्न भएको र सरकारी रकम भुक्तानी भएको दुई वर्ष नाघे पनि सञ्चालनमा कुनै पहल नहुँदा सरकारी अनुदानको दुरुपयोग भएको हो कि भनेर प्रश्न उठ्न थालेको छ ।

साबुन उद्योग समितिका संयोजक पुष्कर गाइनले उद्योग दर्ता नभएको र कच्चा पदार्थको अभावका कारण साबुन उत्पादन हुन नसकेको बताउनुभयो । उहाँले ६० लाखको बजेटबाट २५ लाख रुपियाँ मात्र साबुन उद्योगमा लगानी भएको र अरू रकमले दुईवटा कुखुरा फार्म, नर्सरी र भैँसी फार्म सञ्चालन गरेको प्रस्ट पार्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu