बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं – बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ।बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यसको प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ। यस कम्पनीको आईपीओ हात पार्न भाग्यकै भर पर्ने भएको छ।
यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको थियो कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए। जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पारेका छन । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हात भएका छन ।