कपिलवस्तुको बुद्धभूमीमा सडक खाना महोत्सव
मणि प्रसाद गैेह्रे, कपिलवस्तु-
नया वर्ष २०७९ को पावन अवसर पारि बुद्धभूमी उद्योग वाणिज्य संघले नगरपालिकाको गोरुसिङ्खेमा सडक महोत्सव तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वोल्दै लुम्विनी प्रदेश सरकारकी पर्यटन ग्रामिण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले महोत्सव तथा सास्कृतिक कार्यक्रमले संस्कृतिको जर्गेना तथा स्थानीय कलाको उजागर र मनोरन्जन हुने बताइन् । प्रदेश सरकारले विभिन्न धार्मिक पर्यटन तथा सास्कृतिक क्षेत्रको संरक्षण र प्रर्वधन गर्नको लागि विभिन्न जिल्लाहरुमा यस्ता कार्यक्रमहरु संचालन गरिरहेको समेत उनले बताइन् । सो अवसरमा वोल्दै बुद्धभूमी नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठले स्थानीय स्तरमा रहेका कला संस्कृतिको प्रर्वधन र विभिन्न परिकारका खानाहरुको महत्व दर्शाउन समेत महोत्सवले सहयोग गरेको बताए । बुद्धभूमी उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुषालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेय सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, संघमा उपाध्यक्ष डम्मरदेव पाण्डेय , हरि अधिकारी लगायतले शभकामना दिएका थिए । सो अवसरमा राष्ट्यि कलाकार बालचन्द्र बराल ,राजनराज कुमार शिवाकोटी , श्रीनिवास चौधरी , र स्थानीय कलाकार मिसन भुषाल , वर्षा लम्साल कलाकारहरुको प्रस्तुती रहेको थियो ।